Home /
Uncategories /
अब एमालेमा एक व्यक्ति एक पदको अवधारणा
अब एमालेमा एक व्यक्ति एक पदको अवधारणा
सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले प्रादेशिक संरचनामा एक व्यक्ति एक पदको अवधारण अघि सारको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो ।एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहने तर काम भने नगर्ने प्रवृत्ति मौलाउन थालेको निष्कर्षसहित एमालेले प्रदेश कमिटीमा कडाइका साथ यो व्यवस्था गर्न लागेको हो ।आजको राजधानी दैनिकमा खबर छ । विगतको अनुभवको आधारमा दोहोरो जिम्मेवारी नरहने गरी एमालेले केन्द्रीय विभाग र मातहतका कमिटी वा प्रदेश कमिटीमध्ये एक रोजनुपर्ने गरी मापदण्ड बनाइएको छ ।एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक व्यक्ति एक पदको व्यवस्था हुने निर्णय नै भने नगरिएको बताए । ‘जिल्ला कमिटी र अञ्चल कमिटीको हाइरारकी मिलाउन मात्रै कुनै एउटा जिम्मेवारी मात्र रहने मापदण्ड बनाइएको हो, तल्लो र माथिल्लो दुवै कमिटीमा बस्न त उपयुक्त भएन नि’, पोखरेलले भने
About
butwaladvertisement
0 comments:
Post a Comment