![]() |
अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त राजा भन्ने राजकुमार ठाकुरलाई प्रहरीले सुन्धाराबाट पक्राउ गरेको छ ।
सिराहा लहान नगरपालिका-७ बस्ने ३८ वषर्ीय ठाकुरलाई ईलाका प्रहरी कार्यालय लहान सिराहावाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।ठाकुरले भारत बिहार राज्य मधुवनी जिल्ला बस्ने ३९ वर्षीय महेन्द्र महतोसँग मिलेर सिरहा लहान नगरपालिका-३ वस्ने गुरुदयाल महतोको २०७१ कात्तिक २९ गते अपहरण गरेका थिए । गुरुदयाल त्यसबेला को.१ च ६६४१ नम्बरको गाडी भाडामा चलाउँथे ।
महेन्द्र र राजकुमारले महिला बिरामी भएको बहाना बनाएर गुरुदयालको गाडीमा सिराहाको गोलबजारसम्म जाने भन्दै सप्तरी पन्सेरा गाविस-७ मा ल्याए । त्यहाँ आइपुगेपछि पेस्तोल देखाएर खरचुईया पुल नजिक पुर्याएका उनीहरुले भारततर्फ लगि गुरुदयालको साथमा रहेको नगद ३७ हजार तथा मोवाईल लिए । साथै घरपरिवारमा फोन गरी ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए ।
उनीहरुले फिरौती रकम नदिएमा ज्यानै मारी दिने धम्की दिदै आएकोमा ३१ दिन पश्चात नेपाल प्रहरीको टोलीले पीडितको उद्धार गरेको थियो । घटनामा संलग्न महेन्ऽ महतोसमेत ३ जना यसअघि नै पक्राउ परिसकेका छन् । अपहरणका योजनाकार मानिएका ठाकुर भने फरार थिए ।
खोजतालको क्रममा काठमाडौंको सुन्धारामा फेला पारी पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाइएको प्रहरीले जनाएको छ ।श्रोत अनलाइन खबर
![]() |

0 comments:
Post a Comment