प्रधानमन्त्री हैन प्रधानसेवक हुन ओली

लेख्न त खासै मन थिएन तर नलेखी बस्न यो मनले दिएन । कृपया लास माथिको राजनीति नभनी, दिनु होला । सरकारले काबुल आक्रमणमा मारिएका नेपाली दाजुभाइहरुको पार्थिब शरीरलाई नेपाली ध्वजाबाहक बिमानमा नेपाल ओराल्दा पुरै देश शोकमा डुबेको थियो,जन्ता भाबबिभ्वल भएका थिए,लाखौं प्रबासी नेपालीहरुको आँखा रसाएका थिए । त्यो आखाको आँसु दुखको थियो,शोकको थियो साथसाथै राष्ट्रले जनताप्रती देखाएको संबेदनसिलता र अभिभावकत्व प्रतिको आँसु पनि थियो ।
ओलि सरकारले आक्रमणमा मारिएका मृतक शरीरलाई नेपाल ल्याउने मात्रै हैन आफै सब बुझेर मृतक परिवारहरुको घर घरसम्म पुर्याउने काम गरेर आफ्नो दायित्व पूरा गरे । सधै सलाम खाइ रहने प्रधानमन्त्री ओलि पहिलो पल्ट नेपाली दाजुभाइहरुको पार्थिब शरीर माथि सलाम ठोकिरहदा नेपाली जन्ता अत्यन्तै भाबुक भएर गहिरो समबेदना प्रकट गरिरहेका थिए । मानबिय सम्बेदना सङ्ग प्रत्यक्ष जोडिएकैले पनि हुन सक्छ विमानस्थलमा ओलि जिन्दावाद सम्मको नारा लागाए जन्ताले। मृतक शरीर बुझ्न र मृतक परिवार प्रती सान्त्वना र समबेदना दिन ओलि आफै बिमानस्थल पुगेको क्षण सधै जन्ताको मुहारमा हासो र खुसी छर्ने ओलि आफै भने अत्यन्तै दुखी र भावुक देखिए ।
उनको रसाएको आखामा देस र जन्ता प्रतिको माया मोह यथेष्ट देखियो,ओलिको अनुहारमा यस्तो भाब झल्किन्थ्यो कि यिनले आफ्नै परिवार भित्रको कुनै सदस्य गुमाएका छन् । सधै कडा स्वाभबमा प्रस्तुत हुने ओलि काठको बाकसमा लस्करै राखिएका पार्थिब शरीर देखेर निक्कै बिचलित भएको प्रष्ट देखिथ्यो!उनका रसाएका आँखा मलिन अनुहार बेचैन हाउ भाउले सधैं हासो र ठट्यौली गर्ने उनको मौलिक स्वभाबलाइ बिर्साइ दिएको थियो!जस्तोसुकै कठिन अबस्थामा नडगमगाउने ओलि काबुल आक्रमणमा ज्यान गुमाएका पार्थिब शरीरदेखि निक्कै डगमगाए । यिनको आँखा मात्रै रसाएनन गला पनि अबरुद्ध भए ।
मृतक आफन्तहरुलाइ सान्त्वना र सम्हालिन हिम्मत दिन बिमानस्थल पुगेका ओलि आफै भने सम्हालिन नसकेको दृश्यले आम नेपाली जन्तालाइ भाबबिभ्हल बनायो । रास्ट्रका अभिभावक हुनुको कर्तव्य दायित्व ओलिले सुझबुझ र सफलताको साथ पूरा गरेका थिए!हुनत अफगानिस्तान नेपाल सरकारले श्रम स्विकृती नदिएको रास्ट्र हो आफ्ना नागरिकलाई गैरकानुनी ढंगले अफगानिस्तान नजान पटकपटक आह्वान गर्दै आएको पनि छ । श्रम स्विकृत नभएका राष्ट्रमा अबैध तरिकाबाट बिदेशीएका हरुको तथ्यांक राष्ट्र सङ्ग हुदैन तर ओलि सरकारले ज्यान गुमाएका नेपाली दाजुभाइहरु गैरकानुनी ढंगले बिदेसिएका हुन भन्ने कानुनि बिषयलाइ वास्ता सम्म नगरी आफ्ना नागरिक प्रतिको संबेदनसिलता र मानबियताको उत्कृष्ट उदाहरण पेस गरे ।
राष्ट्रले आफ्नो नागरिक प्रती देखाएको संबेदनसिलता र कर्तव्यबोधको जति प्रसंशा गरेनी कम हुन्छ । ओलि सरकारले देस र जनताको हितको लागि गरेका निक्कै दुरदर्शि कामहरु छन् त्यसैले त जनता जस्तोसुकै आपतबिपतमा नडगमगाउन ओलिलाई ढाडस दिन्छन्,हौसला दिन्छन्,नेपाली इतिहासमा पहिलो पल्ट हुन सक्छ जन्ताले स्वतस्फूर्त आफ्ना प्रिय नेताको पक्षमा सामाजिक संजालमा पत्रपत्रिकामा,रेडियो टेलिभिजनमा वाकालत गरेको। ओलि सरकार फेरबदल हुन लाग्दा सत्ता डगमगाउन लाग्दा समाजिक संजालमा जन्ताले दिएको प्रतिक्रिया, स्वतन्त्र श्रमजिबि पत्रकारहरुले चलाएको कलम र स्वतन्त्र बिचारहरुले प्रष्ट हुन्छ यो देसमा ओलिको बिकल्प छैन भनेर ।
आजकल सडकका भित्ता भित्तामा बस साहित्यमा ओलिको देस बिकासको नाराको पक्षमा लेखिएका हरफ हरु प्रस्ट देख्न सकिन्छ “ओलिको बोली आज नभए भोलि, #iamwitholi, यी वाक्य आफ्ना प्रिय नेता ओलिको समर्थनमा जन्ताले स्वतस्फूर्त दिएका अभिव्यक्ति हुन फेसबुक, टुइटर बाट ओलिले पाएको समर्थन बस साहित्य,सडकको भित्ता भित्ता हुँदै देसै भर भाइरल भएको छ!बरु सरकार गिरे चुनाव जितेर फेरि बनाउला तर रास्ट्र र राष्ट्रीयता गिर्नु हुदैन भन्दै जन्ता ओलि सरकारलाइ बिदेशि हस्तक्षेप बिरुद्दको चट्टानि अडान कायम राख्न आँट र साहस दिइ रहँदा ओलि अब साधारण नेता नरहेको भान हुन्छ यिनले आफुमा राजनेताको गुण भएको छनक दिइ रहेका छन ।
राजनेता हु त भन्दैनन ओलि तर व्यबहार राजनेताकै देखाउछन यिनी । मेरो ब्यक्तिगत सुभकामना छ जन्ताका प्रिय पिएम ओलिलाइ यिनी नेपाली राजनीति इतिहासकै सर्बमान्य नेता बनुन । देस र जन्ता प्रतिको यो लगाब र माया मोह अझै गाढा बन्दै जाउन । प्रिय पिएम ओलि, देश र जनताले तपाईंलाई राजनेताको रुपमा देख्न चाहेका छन् मेरो सुभकामना तपाईंलाई तपाईं त्यस्तै बन्नुहोस ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment