![]() |
असार । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादव छिट्टै सम्धी सम्धीनी बन्दैछन् ।
सैद्धान्तिक रूपमा अलग विचार बोक्ने भएपनि भण्डारी र यादवबीच पारिवारिक नाता जोडिँदै छ । यादवकी भतिजी किरण यादवका छोरा र राष्ट्रपति भण्डारीकी छोरीबीचको प्रेम सम्बन्ध विवाहमा परिणत हुने भएको छ । त्यसपछि राष्ट्रपति भण्डारी र पूर्व राष्ट्रपति यादव सम्धीनी र सम्धी बन्नेछन् ।
सम्धीनी बन्न लागेकी राष्ट्रपति भण्डारीले घरभाडा भुक्तानीमा विवाद भएको समाचार सार्वजनिक भएपछि शुक्रबार हुनेवाला सम्धी एवं पूर्वराष्ट्रपति यादवलाई टेलिफोन गरेकी छिन् ।
भण्डारीले यादवसँग घरभाडा विवादलगायतका विषयमा जानकारी लिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहितको टोली पुर्वराष्ट्रपति डा यादवको निवासमा पठाएकी थिइन् । उनीहरुले स्थलगत निरीक्षणपछि अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।
राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवको घरभाडा भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घररधनीलाई शुक्रबार खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रवराज आचार्यले जानकारी दिए ।
राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाँ भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ घरधनीलाई भाडा लिन बोलाइका छौँ,’ सहायक प्रवक्ता आचार्यले भने, ‘सायद आइतबार आउनुहुन्छ होला ।’
नयाँ पत्रिकामा समाचार छ ।
![]() |

0 comments:
Post a Comment