चन्द्रागिरिमा देखिए नेपालका ‘नयाँ राजा’ !

नेपालमा राजतन्त्र हटेको दशक हुन लाग्यो । जनआन्दोलनपछि राजतन्त्रको समुल अन्त्य भएको छ । तर, जनआन्दोलनमा जनतालाई दमन गरेको आरोप लागेर पनि चोखिएका एक व्यक्ति अहिले फेरि नयाँ राजाका रुपमा देखिएका हुन् ।
2016-06-26_1116
ती हुन् – सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई । जनआन्दोलनमा जनतालाई ताकी–ताकी गोली हानेको आरोपमा रायमाझी आयोगले डामे पनि उनले सशस्त्रको प्रमुख बन्ने सौभाग्य पाए । जनआन्दोलनको दोषी सबैले पुरस्कार पाएका बेला उनले मात्रै कारबाही भोग्नुपर्छ भन्ने थिएन, त्यसैले त उनले पुरस्कार स्वरुप महानिरीक्षकको फुली लगाउन पाए । तत्कालिन राजा ज्ञानेन्द्रलाई बचाउन जनतामाथि दमन गरेका दुर्जकुमारमा शाही शैली भने अझै हटेको रहेनछ् । उनले पूर्वराजाहरुलाई समेत माथ दिने गरी सशस्त्रका प्रहरीको सार्वजनिक ठाउँमै बदनामी गरेका छन् । लाग्छ– सशस्त्र प्रहरीका तल्लो दर्जाका कर्मचारी उनका दास हुन् । उनले तल्लो दर्जाका कर्मचारी, सशस्त्र प्रहरीको बर्दी र मानवताको समेत हेक्का राखेनन् ।
2016-06-26_1116_001
प्रसंग शनिबारको हो । छुट्टी मनाउनका लागि शनिबार तामझामका साथ काठमाडौँको चन्द्रागिरिको थुम्कोमा पुगेका थिए प्रहरी महानिरीक्षक राई । चन्द्रागिरिमा छिट्टै केवलकार संचालन हुँदैछ । त्यही हेर्नका लागि उनी परिवारको साथमा चन्द्रागिरि केबलकार पुगेका थिए । बिदा मनाउन गए पनि उनले आफ्नो साथमा सशस्त्र प्रहरीको एक टुकडी नै लिएर गएका थिए ।
2016-06-26_1116_002
जब उनी चन्द्रागिरिमा रहेको मन्दिरको दर्शन गरी फर्किए, हतारहतार सशस्त्रका एक सिपाहीले उनको जुत्ता लगाउन लगाइदिन थाले । औपचारिक पोशाकमा सजिएका एक सिपाहीले अनौपचारिक पोशाकमा रहेका चिफसाबलाई जुत्ता लगादिने प्रक्रिया केहीबेर चलि नै रहयो । उनको यो तानाशाही प्रवृत्ति देखेर केवलकार चढेर चन्द्रागिरीबाट काठमाडौं सहर नियाल्दै गरेका दर्शनार्थी, पर्यटक एवं पत्रकारको ठूलो समूह समेत आश्चर्यचकित भएको थियो । सशस्त्रका जवानले जुत्ता लगाइदिइरहँदा उनी भने सँगै गएका साथीभाइसँग हाँसीमजाक गरिरहेका थिए

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment