![]() |
- यदि कसैमाथि चट्याङ परेको छ भने तत्काल डाक्टर बोलाइहाल्नु पर्छ। पीडितलाई छुन सुरक्षित हुन्छ - चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी हुँदैन, त्यसैले पीडितलाई छुँदा अरु मानिसलाई पनि करेन्टको झट्का लाग्दैन।
- चट्याङ लागेका व्यक्तिको तत्काल नाडी छाम्नुपर्छ र प्राथमिक उपचार दिने ज्ञान छ भने दिइहाल्नुपर्छ।
- धेरैजसो टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले उनीहरुको टाउको र खुट्टा जलेका हुन्छन्।
- पीडितको हड्डी भाँच्चिएको हुन सक्छ। उनीहरुको सुन्ने शक्ति समाप्त भएको हुन सक्छ। वा हेर्ने शक्ति पनि समाप्त भएको हुन सक्छ। यी जाँच गर्नुपर्छ।
- अन्तिम पटक बिजुली चम्केको तीस मिनेटसम्म पर्खन राम्रो हुन्छ। किनकि, चट्याङ्बाट हुने आधाजसो मरणका घटना त बिजुली चम्कन बन्द भइसकेको जस्तो लागेको बेला हुने गर्छ।
- थचक्क बस्नुपर्छ, हातलाई घुँडामा टेकाएर टाउको तिनको बीचमा राख्नु बेश हुन्छ। रुख, तारबार र खम्बाहरुबाट टाढा भुईँसतह मा बस्नु राम्रो हुन्छ।
- छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन किनभने यिनमा भएका धातुले करेन्टलाई शरिरतर्फ तान्न मद्दत पुर्याउन सक्छ।
- एकै ठाउँमा चट्याङ दोहोर्याएर कहिल्यै पर्दैन भन्ने भनाई गलत हो। त्यसैले होशियार हुनैपर्छ।
![]() |

0 comments:
Post a Comment