बुढीगण्डकी नदीमाथि भित्तामै टाँसेर बनाइयो पुल (तस्बिरसहित)

 गोरखाको केरौंजा गाविसको यारुबगरमा भित्तामा जोडेर (क्यान्टिलिभर) पुल निर्माण गरिएपछि आवतजावत गर्न सजिलो भएको छ । बुढीगण्डकी नदीमाथि पहरा खोपेर बनाइएको क्यान्टिलिभर पुल नेपालमै पहिलो पटक बनाइएको हो । बेलायती सहयोग नियोग डिएफआइडीको ३ करोड ७५ लाख रुपैयाँको लागतमा बुढीगण्डकी नदीमाथि १ सय ९५ मिटर लामो क्यान्टिलिभर पुल निर्माण भएकोे हो । पुल निर्माण गर्न दुई महिना लागेको थियो । २०७२ साल वैशाखमा गएको भूकम्पपछि पहिरो जाँदा बुढीगण्डकी नदीले धार परिवर्तन गरेपछि गोरखाका उत्तरी ८ गाविसमा यातायात अवरुद्ध भएको थियो । पुल निर्माणसँगै गोरखाको उत्तरी ८ वटा गाविसलाई आवतजावत सहज भएको छ । पुल निर्माणपछि मनासलु पदमार्ग जाने बाटो पनि खुलेको छ । यो बाटो हुँदै वार्षिक झण्डै ५ हजार पर्यटक मनासलु जाने गर्दछन् । पुलको औपचारिक उद्घाटन भने आगामी अगस्टमा गरिनेछ । मनासलु पदयात्रा मार्ग अन्तर्गत चुम्चेत गाविसको सर्दिखोलामा पनि यस्तै पुल निर्माण गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पहिरोका कारण चुम्चेतको बाटोमा पनि क्षति पुगेको छ । 

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment