नेपालीमाथि तालिवानी निसानाः भोली अर्को आक्रमणको चेतावनी [नागरिक शो]

आइसिङ तामाङ नाइट डिउटीबाट क्याम्प फर्केर मस्त निद्रामा थिए। अचानक बिस्फोटको ठूलो आवाजले तर्सेर उनी ब्युँझिए। त्यो दिन हो- असार ६ गते, सोमबार। स्थानः नेपाली सुरक्षा गार्डको क्याम्प, काबुल।
तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक भुक्तभोगी साक्षी हुन्- नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै क्याम्पमा बस्ने १३ जना प्रिय साथीहरु गुमाए। आइसिङ बुधबार नेपाल एयरलायन्सको विमान चढेर अब कहिल्यै काबुल नफर्कनेगरि आफन्त र साथीहरुको शवसहित घर फर्किए।
उनी बम बिस्फोट हुँदाको त्यो दर्दनाक क्षणको साक्षी मात्रै रहेनन्, उनले आफन्त र साथीहरुको शव लिएर नेपाल आउन र २४ जना नेपालीलाई घर फर्काउन पनि काबुलमा उल्लेख्य भूमिका निभाए।
नागरिक शोसँग त्रिभुवन विमानस्थलमा भएको कुराकानीमा आइसिङले काबुल विस्फोटबारे केही नयाँ तथ्यहरु खुलासा गरेका छन्। उनका अनुसार तालिवानीहरु नेपालीमाथि आक्रामक बनेर उत्रिने योजनामा छन्। पूर्व सूचना दिएरै उनीहरुले नेपालीमाथि निसाना साँध्न सुरु गरेका छन्।
सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र नेपाली सुरक्षा गार्ड परिचालन गर्ने ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए। परिणामः १३ नेपालीको ज्यान गयो।
तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिइएको छ।
क्यानेडियन दूतावास र साब्रे इन्टरनेशनलमा कार्यरत नेपाली पनि पुनः तालिवानी आक्रमणको सूचिमा छन्। गत सोमबारको घटनापछि अफगानिस्तानमा नेपाली संलग्न क्याम्पहरूमा सुरक्षा सतर्कता बढाइएको त्यहाँस्थित नेपाली कामदारले नेपाल फर्केका साथिलाई जनाएका छन्।
काबुलबाट फर्केका अर्का एक सत्यनारायण श्रेष्ठका अनुसार तालिवानीहरु पहिले नेपालीहरुप्रति नरम थिए तर उनीहरुले आफ्नो पुरानो रवैया फेरेका छन्। ‘अहिले त्यहाँका मुस्लिम समुदायको रमादान पनि चलिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘रमादानको समयमा तालिवानीहरु सकेसम्म धेरै शत्रु मारेर आफू पनि मर्ने भावनाले काम गर्छन्।’
 
काबुलबाट फर्केका अर्का एक सत्यनारायण श्रेष्ठका अनुसार तालिवानीहरु पहिले नेपालीहरुप्रति नरम थिए तर उनीहरुले आफ्नो पुरानो रवैया फेरेका छन्। ‘अहिले त्यहाँका मुस्लिम समुदायको रमादान पनि चलिरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘रमादानको समयमा तालिवानीहरु सकेसम्म धेरै शत्रु मारेर आफू पनि मर्ने भावनाले काम गर्छन्।’
नागरिक शो युनिटले काबुलबाट फर्केका बेलप्रसाद गुरुङ, मिणराम खनाल, बीरबहादुर तामाङसँग सम्पर्क गरेको थियो। उनीहरुको पनि एउटै बुझाइ छ- पछिल्लो समय तालिवानीहरुले नेपालीप्रतिको नरम नीति फेरेर आक्रामक बनेका छन्।
अफगानिस्तानमा नेपालीहरु कार्यरत कम्पनीहरुलाई यसअघि एकखालको सुरक्षा राहात नै थियो- तालिवानीहरु नेपालीमाथि तुलनात्मक कम आक्रामक छन्। त्यसैले नेपाली कामदार त्यहाँ रोजिन्थे पनि।
नेपालीहरुको सुरक्षा सतर्कता पनि ढिलाढाला नै थियो। सोमबार बम बिस्फोट गरिएको त्यो बसमा न त नेपालीसँग हतियार थियो न अन्य सुरक्षाकर्मी थिए। यही सहजतालाई यो पटक तालिवानीले अवसरका रुपमा उपयोग गरे र बिगुल फुके- हामी नेपालीलाई छाड्नेवाला छैनौं।
नागरिक शो को यो शृङ्खलामा काबुल विस्फोटबारे केही तथ्यहरु खुलासा गर्ने प्रयास गरेका छौं। कहिले र कसरी राखिएको थियो बसमा बम? स्थानीय पसलेहरू बचाउने र नेपाली सवार बस फसाउने तालिवानीको तालमेल र अन्य विवरणहरू बताउँदैछन्- आइसिङ तामाङ। हेर्नुहोस् नागरिकन्युजको साप्ताहिक प्रस्तुती- नागरिक शो-
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment