लगातार परेको अविरल वर्षाका कारण खाँडो खोलामा आएको बाढीले दक्षिणी भेगका एक दर्जनभन्दा बढी गाविस डुबानमा परेका छन् । खाँडो नदीमा आएको बाढीमा पानी हाल गाउँघरमा पसेपछि गाउँका झन्डै सयभन्दा बढी घरमा दुई फिटसम्म पानी जम्मा भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । साथै बाढीले तिलाठी–हनुमाननगर सडक खण्डको दुई किमी कटान गरेको बताइएको छ । बाढीबाट राहत तथा उद्धार र बाँध मर्मतका लागि हाल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षको नेतृत्वमा १५ जनाको टोली त्यसतर्फ गएको छ । जिल्लाका दक्षिण भेगमा पर्ने सकपुरा लोनिया, तिलाठी, रमपुरा मल्हनिया सहितका गाविस र भारतसँग जोडिएको कुनोलीमा समेत बाढीले घर डुबानमा परेका बताइएको छ
About
butwaladvertisement
0 comments:
Post a Comment